२०८३ साउन २१ गते बिहीबार

उद्घाटनका क्रममा घाइते भएका अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई काठमाडौ लगियो

उद्घाटनका क्रममा घाइते भएका अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई काठमाडौ लगियो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन ३ गते शनिबार ०३:३३

अर्थमन्त्री विष्णु पौडेललाई पनि उपचारका लागि भने काठमाडौँ मेयर आचार्यालाई भन्दा पहिले नै काठमाडौं लगिएको छ ।

पोखरा ।

पोखरा भ्रमण वर्षको उद्घाटन कार्यक्रमका क्रममा घाइते भएका अर्थमन्त्री विष्णुप्रसाद पौडेल र मेयर धनराज आचार्यलाई काठमाडौ थप उपचारका लागि काठमाडौं लगिएको छ ।

पोखरा भ्रमण वर्षको उद्घाटनका लागि तयार गरिएको बेलुन पड्किएर घाइते भएका आचार्यलाई सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौँ लगिएको हो ।

आचार्यलाई थप जाँचका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिने जनाइएको छ । अर्थमन्त्री विष्णु पौडेललाई पनि उपचारका लागि भने काठमाडौँ मेयर आचार्यालाई भन्दा पहिले नै काठमाडौं लगिएको छ ।

प्रकाशित मिति २०८१ फागुन ३ गते शनिबार ०३:३३

हजुरको प्रतिक्रिया