२०८३ साउन २१ गते बिहीबार

तनहुँमा वडाअध्यक्षद्वारा सचिवमाथि कुटपिट

तनहुँमा वडाअध्यक्षद्वारा सचिवमाथि कुटपिट

अस्मिता खनाल

@Public 4K Tv

२०८१ फागुन ५ गते सोमबार ०५:२८

भलिबल प्रतियोगिताको बिल भुक्तानी गर्ने सम्बन्धमा वडाध्यक्ष र सचिव बिच विवाद भएको थियो ।

तनहुँ ।

तनहुँको बन्दीपुर गाउँपालिका वडा नं. ६ मा अध्यक्षको कुटाइबाट सचिव घाइते भएका छन् ।

वडाध्यक्ष बलबहादुर गुरुङले वडा सचिव नविन भुषाललाई सोमबार कार्यालय पोशाकमा नै कुटपिट गरेका हुन् ।

भुक्तानीको विषयमा विवाद हुँदा वडाध्यक्षले वडा सचिवलाई कुटपिट गरेको बन्दीपूरका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यले पुष्टी गरे ।

भलिबल प्रतियोगिताको बिल भुक्तानी गर्ने सम्बन्धमा वडाध्यक्ष र सचिव बिच विवाद भएको थियो । सचिव भुषालले कागजत अध्ययन गरेर प्रक्रिया बढाउने बताएपछि अध्यक्ष गुरूङले कुटपिट गरेको बताइएको छ ।

कुटपिटबाट घाइते भएका वडासचिवलाई बन्दीपूर अस्पतालमा प्रारम्भिक उपचारपछि चिकित्सकले थप उपचारका लागि भरतपुर रिफर गरेका छन् । उनको गाला र घाँटीमा चोट लागेको छ ।

प्रकाशित मिति २०८१ फागुन ५ गते सोमबार ०५:२८
हजुरको प्रतिक्रिया