२०८३ साउन २१ गते बिहीबार

अध्यक्ष नेपालको आरोपः सरकार दुई दलीय व्यवस्थाको नाममा तानाशाही व्यवस्था लागू गर्न खोज्दैछ

अध्यक्ष नेपालको आरोपः सरकार दुई दलीय व्यवस्थाको नाममा तानाशाही व्यवस्था लागू गर्न खोज्दैछ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन ९ गते शुक्रबार ०१:५३

पार्टीबारे समाजमा विभिन्न कुप्रचारहरु गरिएको उल्ल्ेख गर्दै त्यस्ता कुप्रचारको भ्रममा नेपर्न नेता कार्यकर्ताहरुलाई आग्रह गरे ।

काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले काँग्रेस–एमाले नेतृत्वको सरकारले बहुदलीय लोकतन्त्रलाई चुनौति दिँदै दुई दलीय शासन व्यवस्था अघि बढाउन खोजेको आरोप लगाएका छन् ।

शुक्रवार पार्टी केन्द्रिय कमिटिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले वर्तमान सरकार दुई दलीय व्यवस्थाको नाममा एकदलीय तानाशाही व्यवस्था लागू गर्न खोजेको आरोप लगाएका हुन् । साना र प्रतिष्पर्धी दलहरुलाई समाप्त पारेर सिंगो देशमा तानाशाही लागू गर्ने कुचेष्टा भइरहेको उनको भनाइ छ ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै संविधान मिच्न बानी परेकाहरु कानून मिच्न पनि त्यत्ति नै अग्रसर देखिएको टिप्पणी गरे । उनले सरकारले संसदको नियम र नियमावली समेत मिच्ने काम गरिरहेको आरोप लगाए । वर्तमान सरकार आलोचकको घाँटी निमोठ्ने गरी प्रश्तुत भइरहेको समेत उनले उल्लेख गरे । देशभित्र छुवाछुत र महिला बलात्कारका घटनाहरु बढिरहेको भएपनि अपराधीहरु दण्डित नभएको जिकिर गरे ।

समाजमा विद्यमान समसस्याहरुको समाधान गर्न पार्टी संगठनलाई थप बलियो बनाउँदै लैजानुपर्ने बताए ।

उनले भने, ‘हाम्रो देशमा अहिले जुन सरकारले शासन गरिरहेको छ त्यो बहुदलीय लोकतन्त्रको मान्यतालाई चुनौति दिँदै दुईदलीय साशन व्यवस्थालाई अघि बढाउन खोजिरहेको छ । दुई दलीयको नाममा एकदलीय तानाशाही लाग्ने सोचभन्दा त्यो भिन्न कुरा छैन । यी सबै कुराहरुको सन्दर्भमा साना दलहरुलाई समाप्त पार्ने, प्रतिष्पर्धी दलहरुलाई समाप्त पार्ने र अनेक किसिमका नियन्त्रणका तौर तरिका अपनाएर सिंगो देशमा तानाशाही लागू गर्ने कुचेष्टा गरिरहेको छ । संविधानलाई मिच्ने बानि परिसकेका व्यक्तिहरु कानून मिच्न पनि त्यत्ति नै अग्रसर भएका छन् । संसदको नियम र नियमावलीलाई मिच्नेदेखि लिएर विधि विधानलाई बेवास्ता गर्ने काम गरिरहको छन् । र आफ्ना आलोचक कोही छन् भने तिनिहरुको घाँटी निमोठ्ने काममा अग्रसर भइरहेका छन् । देशको समस्याप्रति कुनै वास्ता छैन । जनताको समस्याप्रति कुनै चासो छैन । देश विकासप्रति कुनै गम्भिरता छैन ।’

पार्टीबारे समाजमा विभिन्न कुप्रचारहरु गरिएको उल्ल्ेख गर्दै त्यस्ता कुप्रचारको भ्रममा नेपर्न नेता कार्यकर्ताहरुलाई आग्रह गरे ।

प्रकाशित मिति २०८१ फागुन ९ गते शुक्रबार ०१:५३

हजुरको प्रतिक्रिया