२०८३ साउन २१ गते बिहीबार

स्ववियुको निर्वाचन प्रक्रिया आजदेखि शुरू हुँदै

स्ववियुको निर्वाचन प्रक्रिया आजदेखि शुरू हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन १९ गते सोमबार ०९:३७

आज दिउँसो ३ बजेसम्म संघसंस्था र समूह दर्ता प्रक्रिया शुरू गर्ने गरी सबै क्याम्पसमा तालिका पठाइसकेको त्रिविले जनाएको छ । आगामी ५ चैतमा हुने मतदानका लागि देशभरका क्याम्पसहरुमा आज अपराह्न तीन बजेसम्म संघ\संगठन दर्ताको कार्यक्रम राखिएको हो ।

पोखरा ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन प्रक्रिया आजदेखि शुरू हुँदैछ ।

त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव अन्तर्गत आज संघ\संगठन दर्ता हुँदै छ ।

आज दिउँसो ३ बजेसम्म संघसंस्था र समूह दर्ता प्रक्रिया शुरू गर्ने गरी सबै क्याम्पसमा तालिका पठाइसकेको त्रिविले जनाएको छ ।

आगामी ५ चैतमा हुने मतदानका लागि देशभरका क्याम्पसहरुमा आज अपराह्न तीन बजेसम्म संघ\संगठन दर्ताको कार्यक्रम राखिएको हो ।

त्यसपछि २१ फागुनमा मतदाता सूची प्रकाशित गर्ने र २५ फागुनमा मतदाता सूची उपर दाबी विरोध गर्ने समय दिइएको छ ।

सोही दिन नै मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।

२६ फागुनमा उम्मेदवारका लागि मनोनयनपत्र वितरण हुनेछ । प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय २७ फागुनका लागि तोकिएको छ ।

सोही दिन नै दुवै तर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ । दुवै तर्फको उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने २८ फागुनका लागि तोकिएको छ ।

सोही दिन नै दुवै तर्फको दाबी विरोध उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।

दुवै तर्फको उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय २९ फागुन तोकिएको छ ।

दुवै तर्फको उम्मेदवारको अन्तिम नामावली २९ फागुनमा सार्वजनिक गरिने छ भने ५ चैतमा बिहान ८ बजेदेखि दिनको ४ बजेसम्म स्ववियु नेतृत्व चुन्न मतदान हुने छ ।

 

प्रकाशित मिति २०८१ फागुन १९ गते सोमबार ०९:३७
हजुरको प्रतिक्रिया