पोखरा
प्रेस क्लब पत्रकारिता पुरस्कार कृष्णमणि बराललाई प्रदान गरिएको छ । प्रेस क्लब गण्डकीको शनिबार पुरस्कार अपर्ण कार्यक्रम गर्दै बराललाई नगर ५० हजारसहित पुरस्कार प्रदान गरेको हो । सभामुख देवराज घिमिरेले बराललाई नगदसहित सम्मानपत्र र दोसल्लाले सम्मान गरे ।
पत्रकारितामार्फत समाजको बृहत्तर हितमा योगदान पु¥याएको कदरस्वरुप पत्रकार बराललाई पुरस्कार प्रदान गर्ने निर्णय भएको अध्यक्ष एकराज गिरीले जानकारी दिए । सभामुख घिमिरेले अभिव्यक्ति स्वतन्त्रता कुण्डित हुने गरी सङ्घीय संसदले कुनै कानुन नबनाउने बताए । उनले सबैले लडेर ल्याएको लोकतन्त्र विरोधी कानुन बनाउन सम्भव नभएको उल्लेख गरे ।
पत्रकारितासँगै मुलुकको हित र विकासमा समसामयिक विषयमा बहसमूलक कार्यक्रम तथा अन्तरक्रिया गर्ने उद्देश्यले २ वर्षअघि संस्था स्थापना गरिएको अध्यक्ष गिरीले बताए । यो संस्था जिल्ला प्रशासन कार्यालय, कास्कीमा २०७९ कात्तिक २३ मा विधिवत दर्ता छ ।
कृष्णमणि बराल अन्नपूर्ण पोस्ट दैनिकमा २ दशकदेखि संवाददाता÷फोटो पत्रकार रुपमा आबद्ध छन् । उनी ४ वर्षयता बिबिसी नेपाली सेवामा पनि रिपोर्टिङ गर्दै आएका छन् । सन् २००१ मा समाधान दैनिकबाट संवाददाता रुपमा पत्रकारिता सुरु गरेका बरालले यस विषयमा विभिन्न सञ्चारमाध्यममा पनि आबद्ध रही वातावरण तथा वन्यजन्तु संरक्षणमा ठूलो योगदान पु¥याएका छन् ।
प्रकाशित मिति २०८१ फागुन २४ गते शनिबार ०६:५१




