२०८३ साउन २१ गते बिहीबार

करिब एक महिनाको पोखरा बसाइ सकेर काठमाडौं उडे पूर्वराजा ज्ञानेन्द्र

करिब एक महिनाको पोखरा बसाइ सकेर काठमाडौं उडे पूर्वराजा ज्ञानेन्द्र

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन २५ गते आइतबार ०४:०५

समर्थकले राजसंस्थाको समर्थनमा नाराबाजी समेत गरे ।

पोखरा ।

पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं प्रस्थान गरेका छन् ।

करिब एक महिनाको पोखरा बसाइ सकेर काठमाडौं काठमाडौं प्रस्थान भएका हुन् । उनलाई पोखरा विमानस्थलमा समर्थकले भव्य बिदाई गरे ।

निजी भ्रमणका क्रममा पोखरा लामो समयमा बिताएपछि पूर्वराजा आज काठमाडौं फर्किन लागेका हुन् । समिट एयरको चार्टर जहाजमार्फत उनी गएका हुन् । पोखरा विमानस्थलमा पूर्वराजालाई बिदाई गर्न समर्थकको भिड लागेको थियो । उनलाई पञ्चेबाजा बजाएर बिदाई गरियो ।

समर्थकले राजसंस्थाको समर्थनमा नाराबाजी समेत गरे । पूर्वराजा दुवोको माला लगाएर निस्किएका छन् ।

संस्कृतिविद् डा. जगमान गुरुङ पनि पूर्वराजालाई बिदाई गर्न विमानस्थल पुगेका थिए । काठमाडौंमा पूर्वराजालाई भव्य स्वागत गर्ने तयारी गरिएको छ । त्रिभुवन विमानस्थल अगाडि हजारौं समर्थकहरू जम्मा भइसकेका छन् ।

प्रकाशित मिति २०८१ फागुन २५ गते आइतबार ०४:०५
हजुरको प्रतिक्रिया