२०८३ साउन २१ गते बिहीबार

विमानस्थलमा पूर्वराजा शाहलाई समर्थकहरुले गरे स्वागत

विमानस्थलमा पूर्वराजा शाहलाई समर्थकहरुले गरे स्वागत

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन २५ गते आइतबार ०५:००

विमानस्थलमा पूर्वराजा शाहलाई समर्थकहरुले फूलमालाले स्वागत गरेका छन् ।

काठमाडौं ।

पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं फर्किएका छन् ।

आईतवार पोखरबाट एक हप्ताको भ्रमणपछि उनले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं फर्किएका हुन् ।

विमानस्थलमा पूर्वराजा शाहलाई समर्थकहरुले फूलमालाले स्वागत गरेका छन् ।

स्वागतका लागि विमानस्थल पुगेका समर्थकहरुले हाम्रो राजा, हाम्रो देश, प्राण भन्दा प्यारो छ, राजा आउ देश बचाउ लगायतका नारा लगाएर स्वागत गरेका छन् ।

पूर्वराजा शाहलाई स्वागतमा बाजागाजा र पुष्पहारसहित समर्थकहरु विमानस्थल पुगेर स्वागत गरेका छन् ।

 

प्रकाशित मिति २०८१ फागुन २५ गते आइतबार ०५:००
हजुरको प्रतिक्रिया