२०८३ साउन २१ गते बिहीबार

राष्ट्रिय लोकतान्त्रिक अपांग संघको पहिलो महाधिवेशन चैत ८ र ९ गते काठमाडौंमा हुने

राष्ट्रिय लोकतान्त्रिक अपांग संघको पहिलो महाधिवेशन चैत ८ र ९ गते काठमाडौंमा हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत ३ गते सोमबार १०:११

संघको विधानअनुसार विधान अनुसार लोकतान्त्रिक अपांग संघमा ५१ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था छ । जसमध्ये ३९ जना निर्वाचित र १२ जना मनोनित हुनेछन् ।

काठमाडौं ।

नेपाली काँग्रेसको भ्रातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको पहिलो महाअधिवेशन चैत्र ८ र ९ गते काठमाडौंमा हुने भएको छ ।

काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर महाअधिवेशनबारे जानकारी गराइएको हो ।

पार्टी केन्द्रिय कार्यालयमा हुने महाविधेशनको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्ने महाधिवेशनका प्रचार संयोजक माधव चौलागाईंले बताए ।

उनका अनुसार महाधिवेशनमा देशभरबाट देशभरबाट एक हजार बढी प्रतिनिधि सहभागी हुनेछन् ।

उनले भने, ‘नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाद्वारा उद्घाटन हुने सो महाधिवेशनमा देशभरका ७७ वटै जिल्लाका लगभग एक हजार जना प्रतिनिधिहरु सहभागि हुनेछन् । हालसम्म ६ वटा प्रदेश, ७२ जिल्लाका १६० संघीय निर्वाचन, ३२० प्रदेश सभा र अधिकांश स्थानीय तहको अधिवेशन सम्पन्न भइसकेको छ ।’

संघको विधानअनुसार विधान अनुसार लोकतान्त्रिक अपांग संघमा ५१ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था छ । जसमध्ये ३९ जना निर्वाचित र १२ जना मनोनित हुनेछन् ।

२०६३ सालमा गठन भएको संस्थाले १८ वर्षमा पहिलो महाअधिवेशन गर्न लागेको हो ।

प्रकाशित मिति २०८१ चैत ३ गते सोमबार १०:११
हजुरको प्रतिक्रिया