२०८३ साउन २१ गते बिहीबार

स्ववियु चुनाव शान्तिपूर्ण रुपमा गराउन शिक्षा मन्त्रालयको अनुरोध

स्ववियु चुनाव शान्तिपूर्ण रुपमा गराउन शिक्षा मन्त्रालयको अनुरोध

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत ३ गते सोमबार १०:२४

मन्त्रालयले स्ववियु चुनावको पूर्वसन्ध्यामा विश्वविद्यालय तथा क्याम्पसका सार्वजनिक संरचना तोडफोड भएकाप्रति ध्यानाकर्षण भएको जनाउँदै निर्वाचन समितिका पदाधिकारी तथा अन्य पदाधिकारीलाई विभिन्न किसिमका धम्की आइरहेको भन्ने समाचारबारे ध्यानाकर्षण भएको जनाएको छ ।

त्रिविअन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा भोलि स्ववियु चुनाव हुँदै

पोखरा ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निष्पक्ष एवं तटस्थ र शान्तिपूर्ण रुपमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव गराउन अनुरोध गरेको छ ।

मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले विज्ञप्ति निकालेर त्रिभुनव विश्वविद्यालय (त्रिवि) को भोलि हुन गइरहेको स्ववियु चुनाव शान्तिपूर्ण रुपमा गराउन र निर्वाचन आचारसहिंताको पालना गर्न सबै विद्यार्थी संगठनलाई अनुरोध गरेका छन् ।

निर्वाचन आचारसंहिता विपरीतका कार्यहरू कानूनबमोजिम दण्डनीय हुने भएकाले त्यस्ता कार्य गर्ने गराउनेउपर प्रचलित कानूनबमोजिम कारबाही गर्न गराउन मन्त्रालय प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले स्ववियु चुनावको पूर्वसन्ध्यामा विश्वविद्यालय तथा क्याम्पसका सार्वजनिक संरचना तोडफोड भएकाप्रति ध्यानाकर्षण भएको जनाउँदै निर्वाचन समितिका पदाधिकारी तथा अन्य पदाधिकारीलाई विभिन्न किसिमका धम्की आइरहेको भन्ने समाचारबारे ध्यानाकर्षण भएको जनाएको छ ।

यसैबीच त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले १५ वटा आङ्गिक क्याम्पसलाई चुनावी प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ ।

त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले स्ववियु चुनाव रोकिएका ती क्याम्पसका प्रमुखलाई पत्र पठाएर निर्वाचन प्रक्रिया तत्काल अगाडि बढाउन निर्देशन दिएका हुन् ।

निर्देशन दिएकामध्ये काठमाण्डौ उपत्यकाका ६ र बाहिरका नौ आंगिक क्याम्पस रहेका छन् ।

त्रिविअन्तर्गतका आंगिक क्याम्पस र सम्बन्धन प्राप्त क्याम्पसमा भोलि स्ववियु चुनाव हुँदैछ ।

प्रकाशित मिति २०८१ चैत ३ गते सोमबार १०:२४
हजुरको प्रतिक्रिया