पोखरा ।
पोखरा महानगरपालिका वडानम्बर ९ मा रहेको पोखरा प्रदर्शनी केन्द्रमा निर्माण हुने रिसाइक्लिङ र अप–रिसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना (जिसीआरयु) परियोजना’ को शिलान्यास गरिएको छ ।
पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले परियोजना अन्र्तगत बन्ने भवनको सोमवार शिलान्यास गरेका हुन् ।
कोरियाली सहयोग नियोग (कोइका) तथा युएनडिपीको विशेष सहयोग र पोखरा महानगरपालिकाको पहलमा परियोजना सञ्चालनमा आएको हो । फोहोर मैला व्यवस्थापन अन्र्तगत ग्रिन भेन्चर जोन (कोसेली घर) निर्माण हुने पोखरा महानगरपालिकाका इन्जिनियर नेत्र तिमिल्सीनाले बताए ।
अफसाइकल र रिसाइकल काम नलाग्ने भनेर फालेका वस्तुबाट उपभोग योग्य वस्तु निर्माण र प्रदर्शनी गरिने छ ।
अन्यन्त्र बनेका वस्तु विक्री गर्ने र कोसेली घरको रुपमा विक्री वितरण गर्ने गरी आउटलेट, लर्नीङ सेन्टर र कार्यक्रम सञ्चालनको लागि हल सहितको अत्याधुनिक भवन बन्ने तिमिल्सीनाले जानकारी दिए । पोखरा महानगरपालिकाका १ सय ३६ वटा समुदायबाट तालिम चलिरहेको तिमिल्सीनाले बताए ।
भवनको शिलान्यास गदैँ महानगर प्रमुख आचार्यले प्रयोग नभएर फाल्ने अवस्थामा पुगेका वस्तुबाट पुनः कसरी प्रयोग गर्ने भन्नेमा परियोजना सफल हुने बताए । यसबाट तीनहजार भन्दा बढिलाई रोजगारी सृजना गर्ने महानगरको तयारी छ ।
१८ महिना भित्र पुरा गर्ने गरी भवनको ठेक्का लागेको छ । मुख्य लगानी कोइकाले ९ दशमलब ८ मिलियन डलर र युयनडिपीको शून्य दशमलब ८६ मिलियन डर लगानी मा परियोजन सञ्चालन हुन लागेको हो ।
सो मध्य ४ मिलियन डरको भवन बन्छ भने, अन्य लगानी प्राविध तर्फ लगानी हुने छ ।
प्रकाशित मिति २०८१ चैत ३ गते सोमबार ०६:२४




