२०८३ असोज २५ गते आइतबार

नेपाल प्रहरीको आईजीपीमा दीपक थापा नियुक्त

नेपाल प्रहरीको आईजीपीमा दीपक थापा नियुक्त

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत ४ गते मंगलबार ०९:३३

यसअघिका महानिरीक्षक वसन्त कुँवरले हिजो अवकाश पाएपछि थापालाई नयाँ महानिरीक्षक नियुक्त गरिएको हो । ३० वर्षे कार्यकाल सकेर अनिवार्य अवकाशमा गएका कुँवरलाई हिजो नै गृह मन्त्रालयले बिदाइ गरेको छ ।

काठमाडौं ।

सरकारले नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) मा दीपक थापालाई नियुक्त गरेको छ ।

हिजो बेलुकी बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षकमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

मन्त्रीपरिषद्को नियुक्तिसँगै थापा नेपाल प्रहरीको ३१ औं आइजिपी बनेका छन् । एआईजी थापा यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) को प्रमुख थिए ।

यसअघिका महानिरीक्षक वसन्त कुँवरले हिजो अवकाश पाएपछि थापालाई नयाँ महानिरीक्षक नियुक्त गरिएको हो । ३० वर्षे कार्यकाल सकेर अनिवार्य अवकाशमा गएका कुँवरलाई हिजो नै गृह मन्त्रालयले बिदाइ गरेको छ ।

नवनियुक्त प्रहरी महानिरीक्षक थापा २०५२ साल भदौ १९ गते इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका गरेका थिए ।

नयाँ आईजीपीका थापासँगै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख सुदिप गिरी र काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख टेकबहादुर तामाङ पनि प्रतिष्पर्धामा थिए ।

नयाँ प्रहरी महानिरीक्षकको कार्यकाल आउँदो भदौ १८ सम्म करिब ६ महिना मात्र रहनेछ ।

प्रकाशित मिति २०८१ चैत ४ गते मंगलबार ०९:३३
हजुरको प्रतिक्रिया