२०८३ साउन २१ गते बिहीबार

कोटिहोम महायज्ञको स्थान परिवर्तन, पोखरा–१७ बिरौटामा सञ्चालन हुने

कोटिहोम महायज्ञको स्थान परिवर्तन, पोखरा–१७ बिरौटामा सञ्चालन हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत ९ गते आइतबार ०६:५६

पोखरा महानगरपालिकाका नगरप्रहरीले भूमी पुजन रोक्न खोजेपछि दुवै पक्षविच झडपको स्थिति सिर्जना भएको थियो ।

पोखरा ।

पोखराको लेकसाइड क्षेत्रमा आयोजना हुने भनिएको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन भएको छ ।

लेकसाइड क्षेत्रमा कोटिहोम महायज्ञ सञ्चालन गर्ने तयारीमा रहेको आयोजक मानव सेवा फाउण्डेसन नेपालले अन्ततः स्थान परिवर्तन गरेर पोखरा महानगरपालिका–१७ स्थित श्री सदा शिवजी शिद्धेश्वर हरिहर मन्दिरले भोगचलन गरेको गुठीको जग्गासहित आपपासका स्थानियहरुको जमिनमा २०८१ चैत्र १७ गते देखि २०८२ जेठ २६ गतेसम्म कोटिहोम महायज्ञ आयोजना गर्न लागेको हो ।

बाराहीघाट क्षेत्रमा गत फागुन २३ गते कोटिहोम महायज्ञ स्थलको भूमी पुजन गर्ने क्रममा पोखरा महानगरपालिकाका नगरप्रहरीले भूमी पुजन रोक्न खोजेपछि दुवै पक्षविच झडपको स्थिति सिर्जना भएको थियो ।

त्यसपश्चात पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यकाको आह्वानमा फागुन २६ गते जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी, जिल्लाका सुरक्षा निकायका प्रमुख, पोखरा महानगरपालिकाकी उपप्रमुख, वडाध्यक्ष, कार्यपालिकाको सदस्य, प्रमुख प्रशासकिय अधिकृत, विश्व हिन्दु महासंघका प्रतिनिधी, कोटिहोम महायज्ञको आयोजक मानव सेवा फाउण्डेसन नेपालका प्रतिनिधी लगायतको उपस्थितिमा बैठक बसि कोटिहोम सञ्चालन गर्न दिने निर्णय गर्दै समस्या समाधान समिति गठन गर्ने निर्णय गरेको थियो ।

उक्त समितीले वैकल्पिक स्थानको खोजि गरी अन्ततः कोटिहोम महायज्ञ पोखरा महानगरपालिका– ६ को लेकसाइड क्षेत्रबाट पोखरा महानगरपालिका–१७ मा रहेको सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिरको स्वामित्वमा रहेको बिरौटाको जमिन तथा आसपासका स्थानियको जमिन भाडामा लिएर सञ्चालन हुने भएको छ ।

पोखरा महानगरपालिकाले कोटिहोम महायज्ञको लागि वैकल्पिक स्थान खोजेर महानगरपालिकाकै स्वामित्वमा कोटिहोम सञ्चालन हुने गरी आयोजकलाई अनुमति दिएपछि आयोजक मानव सेवा फाउण्डेसन नेपाल बिरौटामा नै कोटिहोम महायज्ञ सञ्चालन गर्नको लागि तयार भएको हो ।

प्रकाशित मिति २०८१ चैत ९ गते आइतबार ०६:५६

हजुरको प्रतिक्रिया