२०८३ साउन २१ गते बिहीबार

सरकारले सार्वजनिक गर्यो कुलमानलाई हटाएको निर्णय

सरकारले सार्वजनिक गर्यो कुलमानलाई हटाएको निर्णय

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत ११ गते मंगलबार ०५:३७

घिसिङको ठाउँमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय पनि भएको छ ।

काठमाडौं ।

सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको निर्णय सार्वजनिक गरेको छ ।

सरकारका प्रवक्ता एवं संचार मन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत सोमबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै घिसिङलाई हटाइएको जानकारी दिएका हुन् ।

उनले सोमबार बेलुकी मन्त्रिपरिषद बैठकपछि जानकारी दिने क्रममा यो निर्णय लुकाएका थिए ।

उनकाअनुसार घिसिङको ठाउँमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय पनि भएको छ ।

प्रकाशित मिति २०८१ चैत ११ गते मंगलबार ०५:३७
हजुरको प्रतिक्रिया