२०८३ साउन २१ गते बिहीबार

बसाईंसराईको डरलाग्दो तथ्यांक, पहाड छोड्ने धेरै

बसाईंसराईको डरलाग्दो तथ्यांक, पहाड छोड्ने धेरै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत ११ गते मंगलबार ०५:४१

प्रतिवेदन सार्वजनिक गर्दै उनले १५ वर्षमुनिका र ६५ वर्षमाथिको जनसंख्या क्रमशः २७.८ र ६.९ प्रतिशत रहेको जानकारी दिए ।

काठमाडौं ।

मुलुकमा बसाईंसराईको क्रम नरोकिएको खण्डमा पुख्र्यौली थाँतथलो सहाराविहिन ज्येष्ठ नागरिकको मात्रै बसोवास रहने तथ्यांकले देखाएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले मंगलवार सार्वजनिक गरेको नेपालमा आन्तरिक बसाईंसराई प्रतिवेदनले उक्त डरलाग्दो स्थिति देखाएको हो ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालभित्र आफ्नो मूलथलो छोडी बसाईं सर्नेको अनुपात २९.२ प्रतिशत रहेको राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी एवं प्रवक्ता ढुण्डरीराज लामिछानेले जानकारी दिए ।

उनले सबैभन्दा बढी स्थायी आन्तिरक बसाईंसराई गर्ने जनसंख्या पहाडमा रहेको बताए ।

उनकाअनुसार पहाडबाट विगत १० वर्षको अवधिमा ३२ प्रतिशत नागरिकहरु सरेका छन् भने तराईबाट २८.९ प्रतिशत नागरिक बसाईं सरी अन्यत्र गएका छन् । हिमाली क्षेत्रबाट १३.८ प्रतिशत नागरिक बसाइँ सरेको उनले उल्लेख गरे ।

बसाईं सरेकामध्ये २५.९ प्रतिशत आश्रित भएर गएका, २४.९ प्रतिशत विवाहले गर्दा बसाईं सरेका तथा १९ प्रतिशत नागरिक कामको अवसरको कारण बसाईं सरी गएको उनले जानकारी दिए ।

यद्यपि नेपालमा आश्रित जनसंख्याभन्दा काम गर्ने जनसंख्या अधिक अनुपातमा रहेको उनको भनाइ छ । प्रवक्ता लामिछानका अनुसार मुलुकमा सक्रिय उमेर समूह अर्थात काम गर्नसक्ने उमेरसमूहको जनसंख्या ६५.२ प्रतिशत छ ।

प्रतिवेदन सार्वजनिक गर्दै उनले १५ वर्षमुनिका र ६५ वर्षमाथिको जनसंख्या क्रमशः २७.८ र ६.९ प्रतिशत रहेको जानकारी दिए ।

उनले अन्यत्रको तुलनामा तराई क्षेत्रमा जनसंख्या वृद्धिदर उच्च रहेको जानकारी दिँदै यही अनुपातमा जनसंख्या वृद्धि भएको अवस्थामा तराईले थेग्न नसक्ने बतए ।

समग्र मुलुकको प्रजनन दरमा समेत कमी हुँदै जाने तथ्यांकले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालय मंगलवार एक कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय जनगणना २०७८ का पाँच वटा विषयगत प्रतिवेदन सार्वजनिक गरेको हो ।

ग्रामिण क्षेत्रको कोरा जन्मदर १५.७ छ भने शहरी क्षेत्रको १३.६ रहेको छ ।

प्रकाशित मिति २०८१ चैत ११ गते मंगलबार ०५:४१

हजुरको प्रतिक्रिया