२०८३ साउन २१ गते बिहीबार

कर्फ्यु लागेसँगै सेना सडकमा

कर्फ्यु लागेसँगै सेना सडकमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत १४ गते शुक्रबार ०५:३८

काठमाडौँ । राजावादी समूहको आन्दोलन हिंसात्मक भएसँगै जारी गरिएको कफ्र्युपछि कोटेश्वर क्षेत्रमा सेना खटाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रवार अपराह्न ४ः२५ बजेदेखि राति १० बजेसम्म विभिन्न स्थानमा कफ्र्यु लागू...

काठमाडौँ ।

राजावादी समूहको आन्दोलन हिंसात्मक भएसँगै जारी गरिएको कफ्र्युपछि कोटेश्वर क्षेत्रमा सेना खटाइएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रवार अपराह्न ४ः२५ बजेदेखि राति १० बजेसम्म विभिन्न स्थानमा कफ्र्यु लागू गरेको हो ।

कफ्र्यु गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वरदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म लगाइएको प्रशासनले जनाएको छ ।

प्रकाशित मिति २०८१ चैत १४ गते शुक्रबार ०५:३८
हजुरको प्रतिक्रिया