काठमाडौं ।
राजावादी प्रदर्शनमा घाइते भएका एक युवकको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो भएको राजावादीहरूको प्रदर्शनमा घाइते भएका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको उपचारका क्रममा मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए ।
प्रदर्शनमा घाइते भएका उनलाई तत्काल उपचारका लागि टिचिङ अस्पताल पु¥याइएको थियो ।
उपचारका क्रममा उनको मृत्यु भएको हो । त्रिवि शिक्षण अस्पतालका अनुसार महर्जन घाँटीमा गोली लागेर आएका थिए ।
प्रकाशित मिति २०८१ चैत १४ गते शुक्रबार ०६:२९