काठमाडौं ।
पूर्वराजा ज्ञानेन्द्र शाहलाई गिरफ्तार गर्नुपर्ने माग गरिएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा ‘एरेस्ट ज्ञानेन्द्र’ अभियान चलाउँदै उनलाई पक्राउ गर्न माग गरिएको हो ।
शुक्रबार (चैत १५) काठमाडौंको तीनकुनेमा राजतन्त्र पक्षधरले आयोजना गरेको प्रदर्शन हिंसामा परिणत भएको थियो ।
त्यसक्रममा सञ्चारकर्मीसहित दुईजनाको मृत्यु भयो । निजी भवन, गाडी तोडफोड र आगजनी गरिएको थियो । कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरमा लुटपाट समेत गरियो ।
उक्त प्रदर्शन पूर्वराजा शाहकै सहयोग र निर्देशनमा गरिएको कतिपयको बुझाइ छ । सोही कारण उनलाई घटनामा जिम्मेवार ठह¥याउँदै कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरिँदै छ ।
प्रकाशित मिति २०८१ चैत १५ गते शनिबार ०५:४८