२०८३ साउन २१ गते बिहीबार

म्यानमारमा मेडिकल उपकरण र औषधिसहित राहत सामग्री गराउने सरकारको निर्णय

म्यानमारमा मेडिकल उपकरण र औषधिसहित राहत सामग्री गराउने सरकारको निर्णय

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत १८ गते मंगलबार ०८:५८

यही चैत १५ गते म्यानमारमा गएको शक्तिशाली भूकम्पबाट धेरै जनधनको क्षति भएको सन्दर्भमा नेपाल सरकारकोतर्फबाट ती सहयोग सामग्री सहयोगस्वरुप उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

काठमाडौं ।

सरकारले म्यानमारलाई मेडिकल उपकरणसहित औषधिलगायत राहत सामग्री प्रदान गर्ने निर्णय गरेको छ ।

हिजो बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न निकायसँग मौज्दात रहेका तथा निजी क्षेत्रबाट सहयोगस्वरुप प्राप्त मेडिकल उपकरणसहित औषधिलगायत राहत सामग्री प्रदान गर्ने निर्णय गरेको हो ।

यही चैत १५ गते म्यानमारमा गएको शक्तिशाली भूकम्पबाट धेरै जनधनको क्षति भएको सन्दर्भमा नेपाल सरकारकोतर्फबाट ती सहयोग सामग्री सहयोगस्वरुप उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

प्रवक्ता गुरुङका अनुसार ती सामग्री नेपालबाट हवाईजहाजमार्फत ढुवानी गर्दा लाग्ने रकम अर्थ मन्त्रालयबाट नेपाल वायुसेवा निगमका नाममा निकासा गर्ने निर्णय भएको छ ।

भूकम्पमा परी घाइते भएकालाई तत्काल उपचार गर्न नेपाल सरकारकातर्फबाट नेपाली सेनाको चिकित्सक टोली नेपाली सेनाकै जहाज प्रयोग गरी पठाउने निर्णय भएको पनि उनले जानकारी दिए ।

प्रकाशित मिति २०८१ चैत १८ गते मंगलबार ०८:५८
हजुरको प्रतिक्रिया