२०८३ साउन २१ गते बिहीबार

कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यको रिट हेर्दाहेर्दैमा

कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यको रिट हेर्दाहेर्दैमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत १८ गते मंगलबार ०६:४५

चैत ११ गते सरकारले कुलमान घिसिङलाई बर्खास्त गरी शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।

काठमाडाै‌ं ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको रिट हेर्दाहेर्दैमा परेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा दुवैका रिटमाथि आज सुनुवाइ भएकोमा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखेको सर्वोच्च प्रशासनले जनाएको छ ।

घिसिङ र शाक्यको रिटमा अस्ति आइतवार पनि पेशी तोकिएकाेमा हेर्न नमिल्नेमा परेको थियो । प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा कार्यकारी निर्देशक शाक्य र निवर्तमान कार्यकारी निर्देशक घिसिङको रिट गएको बिहीवार दर्ता भएको हो ।

घिसिङले मन्त्रिपरिषद्ले आफूलाई बर्खास्त गरी शाक्यलाई नियुक्त गर्ने निर्णयलाई बदर गर्न अन्तरिम आदेशको माग गरेका छन्  । शाक्यकाे भने यसअघि आफूलाई गैरकानूनी रूपमा हटाइएको भन्दै चार वर्षको पारिश्रमिक माग छ ।

चैत ११ गते सरकारले कुलमान घिसिङलाई बर्खास्त गरी शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।

प्रकाशित मिति २०८१ चैत १८ गते मंगलबार ०६:४५
हजुरको प्रतिक्रिया