२०८३ साउन २१ गते बिहीबार

मार्च महिनामा मात्रै एक लाख २१ हजार विदेशी पर्यटकले गरे नेपालको भ्रमण

मार्च महिनामा मात्रै एक लाख २१ हजार विदेशी पर्यटकले गरे नेपालको भ्रमण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत १९ गते बुधबार ११:०६

सन् २०२५ को जनवरीमा ७९ हजार ९ सय र फेब्रुअरीमा ९६ हजार आठ सय पर्यटक नेपाल आएको पर्यटन बोर्डको तथ्यांकले देखाएको छ ।

पोखरा ।

सन् २०२५ को मार्च महिनामा मात्रै एक लाख २१ हजार आठ सय विदेशी पर्यटकले नेपालको भ्रमण गरेका छन् ।

नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार यो संख्या हवाइमार्ग भएर आएका पर्यटकको हो ।

बोर्डको विवरणमा वर्षको पहिलो तीन महिनामा दुई लाख ९८ हजार पर्यटक नेपाल भित्रिएका थिए ।

सन् २०२५को जनवरीमा ७९ हजार ९ सय र फेब्रुअरीमा ९६ हजार आठ सय पर्यटक नेपाल आएको पर्यटन बोर्डको तथ्यांकले देखाएको छ ।

नेपालको भ्रमणमा आउनेमा सबैभन्दा धेरै भारतीय पर्यटक छन् । मार्च महिनामा सबैभन्दा धेरै भारतबाट २१ हजार चार सय १२ पर्यटक नेपाल आएका थिए ।

त्यस्तै चीनबाट ११ हजार चार सय ४३ र अमेरिकाबाट ११ हजार ९२ जना अमेरिकी आएका बोर्डको विवरणमा उल्लेख छ ।

त्यस्तै श्रीलंकाबाट आठ हजार आठ सय ८६ र बेलायतबाट पाँच हजार नौ सय ९५ जना आएका छन् ।

मार्चमा दक्षिण एशियाली देशका ३५ हजार दुई सय ८७ पर्यटक आएका छन् ।

प्रकाशित मिति २०८१ चैत १९ गते बुधबार ११:०६
हजुरको प्रतिक्रिया