२०८३ साउन २१ गते बिहीबार

टोखामा ट्रकबाट बरामद भएको २५ करोड रुपैयाँको मालिक पहिचान

टोखामा ट्रकबाट बरामद भएको २५ करोड रुपैयाँको मालिक पहिचान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत १९ गते बुधबार ०७:१९

यसअघि पनि पटक–पटक रक्तचन्दन तस्करीलगायतका कारोबारमा विवादमा परेका थिए ।

काठमाडौं ।

प्रहरीले गएको चैत ४ गते काठमाण्डौको टोखा नगरपालिकाको झोरबाट ट्रकमा बरादम गरेको झन्डै २५ करोड रूपैयाँ बराबरको विदेशी मुद्राको मालिक पहिचान गरेको छ ।

त्यो रकम सिन्धुपाल्चोकका विवादास्पद व्यवसायी नारायण पौडेलको रहेको खुलेको प्रहरीले जनाएको छ । उनी यसअघि पनि पटक–पटक रक्तचन्दन तस्करीलगायतका कारोबारमा विवादमा परेका थिए ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थायी घर भई टोखा नगरपालिका–१० बस्ने नारायण पौडेल २५ करोडको मालिक भएको पुष्टि भएकाले उनको नाममा पक्राउ पुर्जी जारी भइसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०८१ चैत १९ गते बुधबार ०७:१९
हजुरको प्रतिक्रिया