पोखरा ।
मर्यादित सहकारीः समुन्नत समाज भन्ने मुल नाराका साथ पोखरामा ६८ औँ सहकारी दिवस २०८१ मनाइएको छ ।
जिल्ला सहकारी संघ कास्कीको आयोजनामा दिवस मनाइएको हो । दिवसको मुल समारोहमा सहभागि पोखरा महनगरका प्रमुख धनराज आचार्यले सहरकारीलाई व्यवस्थित गर्न जरुरी रहेको बताए ।
केही सहकारीमा सञ्चालक र सदस्यहरुको कमजोरीको कारण सहकारी क्षेत्र समस्याग्रस्त बन्न पुगेको आचार्यको भनाई थियो । प्रमुख आचार्यले बचत कर्ताको बचत रकम सुरक्षामा कुनै पनि कमजोरी नगर्न आग्रह गरे ।
केही सहकारीका संचालकले गलत गर्दा राम्रोसंग संचालन भएका सहकारी समेत अप्ठ्यारोमा पर्न सक्ने तर्फ सरोकारवालाहरुको ध्यानाकर्षण गरे । संघका अध्यक्ष दिपक वास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा सहकारी क्षेत्रका अगुवाहरुले सहकारीका समस्या र वर्तमान अवस्था वारे भनाइ राखेका थिए ।
पोखरा सभागृहभा मुल समारोह सुरु हुन पहिले मानवअधिकार चोकबाट चिप्लेढुङ्गा न्यूरोड हुदै सभास्थल सम्म प्रभातफेरी निकालिएको थियो । प्रभातफेरीमा सयौँको संख्यामा सहकारीकर्मीको उपस्थिति रहेको थियो ।
सहकारी दिवसको अवसर पारेर संघको नेतृत्वमा विभिन्न साताव्यापी कार्यक्रम समेत गरिएको थियो । कास्की जिल्लामा ७ सय ६ सहकारी संस्था दर्ता भएका छन् ।
प्रकाशित मिति २०८१ चैत १९ गते बुधबार ०७:२८




