२०८३ साउन २१ गते बिहीबार

रवि लामिछानेलाई रूपन्देही लगिँदै

रवि लामिछानेलाई रूपन्देही लगिँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत २२ गते शनिबार ०९:२४

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई शनिबार रूपन्देही लगिँदैछ । शुक्रबार साँझ पक्राउ गरी भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरमा राखिएका उनलाई रूपन्देही लगिन लागिएको हो । उच्च अदालत तुलसीपुरको...

काठमाण्डौ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई शनिबार रूपन्देही लगिँदैछ । शुक्रबार साँझ पक्राउ गरी भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरमा राखिएका उनलाई रूपन्देही लगिन लागिएको हो ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रूपन्देहीको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा थुनामा पठाउने आदेश दिएसँगै प्रहरीले उनलाई शुक्रबार बूढानीलकण्ठस्थित निवासबाट पक्राउ गरेको थियो ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले उनलाई शुक्रबार थुनामा पठाउने आदेश दिएको थियो ।

यही मुद्दामा रूपन्देही जिल्ला अदालतले एक करोड धरौटीमा रिहा हुने आदेश गरेको थियो। उच्च अदालतले उक्त मुद्दा बदर गर्दै रविलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो ।

प्रकाशित मिति २०८१ चैत २२ गते शनिबार ०९:२४
हजुरको प्रतिक्रिया