२०८३ साउन २१ गते बिहीबार

काँग्रेस सभापति देउवाले भेटे स्वर्गीय पत्रकार सुरेश रजकका परिवार

काँग्रेस सभापति देउवाले भेटे स्वर्गीय पत्रकार सुरेश रजकका परिवार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत २३ गते आइतबार ०५:५९

सभापति देउवाले आईतवार दिउँसो स्वर्गीय पत्रकार रजकको डल्लुस्थित निवासमा पुगेर भेटेका हुन् ।

काठमाडौं ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चैत १५ गतेको तीनकुने घटनामा मृत्युवरण गरेका पत्रकार सुरेश रजकका परिवारलाई भेटेका छन् ।

सभापति देउवाले आईतवार दिउँसो स्वर्गीय पत्रकार रजकको डल्लुस्थित निवासमा पुगेर भेटेका हुन् ।

चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनमा रिपोर्टिङ गर्दैगर्दा त्यहाँस्थित एक निजी घरमा लागेको आगोमा जलेर एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार रजकको निधन भएको थियो ।

सभापति देउवाले घटनाको सत्यतथ्य छानविन गरी दोषीमाथि कारबाहीका गर्ने आश्वासन दिए ।

प्रकाशित मिति २०८१ चैत २३ गते आइतबार ०५:५९

हजुरको प्रतिक्रिया