२०८३ साउन २१ गते बिहीबार

४ महिनापछि ताप्लेजुङमा हवाई सेवा शुरू

४ महिनापछि ताप्लेजुङमा हवाई सेवा शुरू

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत २३ गते आइतबार ०६:३७

शुक्रवार तय गरिएको उडान तालिका प्राविधिक समस्याका कारण आजका लागि सारिएको थियो ।

काठमाडाै‌ं ।

ताप्लेजुङको सुकेटार विमानस्थलमा झन्डै चार महिनापछि हवाई सेवा पुनः शुरू भएको छ ।

सुकेटार विमानस्थलमा उडान गर्ने नेपाल वायु सेवा निगमका दुई वटा जहाजमा समस्या आएपछि मङ्सिरको अन्तिम हप्तादेखि नियमित उडान बन्द भएको थियो ।

गएको शुक्रवार तय गरिएको उडान तालिका प्राविधिक समस्याका कारण आजका लागि सारिएको थियो ।

काठमाण्डौबाट पाँच जना यात्रु लिएर ताप्लेजुङ पुगेको जहाजले ताप्लेजुङबाट ६ जनालाई काठमाण्डौ फर्किएको सुकेटार विमानस्थलले जनाएको छ ।

सुकेटर विमानस्थलमा केही वर्षअघि सीता एअर र तारा एअरले पर्यटकीय याममा उडान गरेका थिए । अहिले उनीहरूले सेवा बन्द गरेका छन् ।

प्रकाशित मिति २०८१ चैत २३ गते आइतबार ०६:३७
हजुरको प्रतिक्रिया