२०८३ साउन २१ गते बिहीबार

शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवहरुसँग प्रधानमन्त्रीको छलफल

शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवहरुसँग प्रधानमन्त्रीको छलफल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत २५ गते मंगलबार ०९:२३

गएको चैत २० गतेदेखि काठमाण्डौमा प्रदर्शन गर्दै आएका शिक्षकहरुले हिजोदेखि शैक्षिक हडताल थालेका छन् । विगतमा भएका सहमति कार्यान्वयनसहित विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गर्नुपर्ने उनीहरुको माग छ ।

थप गृहकार्य गरी वार्ताबाट समस्याको समाधान गर्नुपर्नेमा जोड

काठमाडौं ।

शिक्षकहरुका माग र आन्दोलनका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सम्बन्धित मन्त्री र सचिवहरूसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, मुख्यसचिव एकनारायण अर्याल र सम्बन्धित मन्त्रालयका सचिवहरुसँगको छलफलमा थप गृहकार्य गरी वार्ताबाट समस्याको समाधान गर्नुपर्नेमा जोड दिइएको छ ।

छलफलमा शिक्षा मन्त्रालयका तर्फबाट नेपाल शिक्षक महासंघको आह्वानमा काठमाडौँमा जारी आन्दोलनमा उठाइएका मागबारे अवगत गराइएको थियो ।

बैठकमा विद्यमान आर्थिक अवस्था, विद्यालय शिक्षाको कानुन निर्माणको प्रक्रिया र सरकारले तत्काल पूरा गर्न सक्ने माग तथा गुणस्तरीय शिक्षाको सुनिश्चिततालगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गएको चैत २० गतेदेखि काठमाण्डौमा प्रदर्शन गर्दै आएका शिक्षकहरुले हिजोदेखि शैक्षिक हडताल थालेका छन् ।

विगतमा भएका सहमति कार्यान्वयनसहित विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गर्नुपर्ने उनीहरुको माग छ ।

प्रकाशित मिति २०८१ चैत २५ गते मंगलबार ०९:२३
हजुरको प्रतिक्रिया