२०८३ साउन २१ गते बिहीबार

मातृत्व जोगाउने अभियानको शुभारम्भ

मातृत्व जोगाउने अभियानको शुभारम्भ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत २५ गते मंगलबार ०६:०७

अभियान कल्प इम्पावर वेमेन नेपालको पहलमा ७ स्थानीय तहमा हुन् लागेको हो ।

पोखरा ।

मातृत्व जोगाउने अभियान अन्तर्गत भुपेन्द्रा बुढा स्मृति क्यापिएँन सी–क्यापको शुभारम्भ भएको छ ।

क्यापको बडीगाड गाउँपालिकाको ग्वालीचौर स्वास्थ्य चौकीमा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले गरेका हुन् । कार्यक्रममा स्वास्थ्य मन्त्री पाठकले यस्ता कार्यक्रमले महिलाको पाठेघरको मुखमा हुने क्यान्सरबाट संक्रमण र मृत्यु हुनेको संख्यामा कम हुने विश्वास ब्यक्त गरे ।

तत्कालिन पुथा उत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाको स्मृतिमा महिलाले पाठेघरको मुखमा हुने क्यान्सरबाट भोग्नु परेको दुःख पीडालाई मलम लगाउने सोच, संकल्पसहित देशभरका ७ स्थानीय तहभित्रका करिब १० हजार किशोरी र महिलालाई समेट्ने लक्ष्यका साथ यो अभियान सुरु गरिएको हो ।

७ स्थानीय तहमा पुथा उत्तरगङ्गा गाउँपालिका, रुकुम पुर्व, बडीगाड गाउँपालिका, बाग्लुङ, अन्नपूर्ण गाउँपालिका, म्याग्दी, पचालझरना गाउँपालिका,कालिकोट, पटेर्वा सुगौली गाउँपालिका, पर्सा, सिगास गाउँपालिका,बैतडी र गौमुल गाउँपालिका,बाजुरा छन् । यो अभियान कल्प इम्पावर वेमेन नेपालको पहलमा ७ स्थानीय तहमा हुन् लागेको हो ।

कल्प इम्पावर वेमेन नेपालकि अध्यक्ष पुजा कोइरालाले किशोरी समुह गठनका निम्ति उनी सक्छिन् अभिमुखीकरण कार्यक्रम तथा गठन, स्वास्थ्य गाउँ साक्षरता अभियान र पाठेघरको मुखमा हुने क्यान्सर सम्बन्धित २६ र २७ गते २ दिने निशुल्क स्वास्थ्य शिविरको कार्यक्रममा ३०० भन्दा बढी महिलाले प्रत्यक्ष लाभ लिने बताइन् ।

बडीगाड गाउँपालिकाको अध्यक्ष गण्डकी थापाको अध्यक्षतामा भएको कार्यक्रम मिस नेपाल २००५ सुगारिका केसीले सञ्चालन गरेकी थिइन् ।

प्रकाशित मिति २०८१ चैत २५ गते मंगलबार ०६:०७
हजुरको प्रतिक्रिया