पोखरा ।
सर्वोच्च अदालतको फैसला अनुसार फेवा तालको मापदण्ड कार्यान्वयमा सरोकारवालाहरुले जोड दिएको छन् ।
प्रेस क्लव पोखराले आयोजना गरेको फेवा तालको विगत र वर्तमान अवस्था विषयक कार्यक्रममा बोल्दै वक्ताहरुले फेवा तालको मापदण्ड कार्यान्वयमा जोड दिएका हुन् ।
सर्वोच्चको फैसला कार्यान्वयनमा ढिलाई गर्न नहुने तर्क सरोकारवालाहरले राखे । मानविय गतिविधिसँगै प्राकृतिक रुपमा ताल अतिक्रमणमा पदैँ गएकोमा उनीहरुले चिन्ता व्यक्त गरे ।
अदालतले फैसला भएको ६ महिना भित्र तालको चारकिल्ला निर्धारण गर्न भने पनि अहिलसम्म काम सम्पन्न भएको छैन । पोखरा महानगरपालिकाले नापजाचँको काम सकिएको बताउदै आएको छ ।
चारकिल्ला निर्धारणको काम सकिए पनि पिल्लर गाड्नको लागि आन्तरिक तयारी भइरहेको पोखरा महानगरले बताउदै आएको छ ।
कार्यक्रममा पत्रकार एवं फेवा तालको संरक्षणमा अभियान चलाउदै आएका कृष्णमणी वरालले तालको विगत र वर्तमान सन्दर्भमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
उनले ताल संरक्षणका प्रयासमा तिनै तहका सरकार असफल भएको जिकिर गरे ।
प्रकाशित मिति २०८१ चैत २७ गते बिहीबार ०८:०१




