२०८३ साउन २१ गते बिहीबार

भरतपुर अस्पतालमा प्लाष्टिकका झोला प्रतिबन्ध

भरतपुर अस्पतालमा प्लाष्टिकका झोला प्रतिबन्ध

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत २९ गते शनिबार ०३:२४

अस्पतालले कुनै पनि कार्यक्रममा प्लाष्टिकका सामग्रीको प्रयोग नगर्ने उनले बताए ।

काठमाडाैं ।

भरतपुर अस्पतालले प्लाष्टिकका झोलामा प्रतिबन्ध लगाएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद पौडेलका अनुसार अस्पतालको फार्मेसी र अस्पतालभित्रका खाजा घरमा पनि प्लाष्टिकका झोला प्रयोगमा रोक लगाइएको हो ।

फार्मेसीमा औषधि दिँदा र खाजाघरमा कागजको झोलाको प्रयोग भइरहेको छ ।

अस्पतालमा बिरामी भेट्न आउँदा कागजका झोला र कपडाका झोला प्रयोग गर्न अस्पतालले बिरामीका आफन्तहरुलाई आग्रह गरेको छ ।

अस्पतालले कुनै पनि कार्यक्रममा प्लाष्टिकका सामग्रीको प्रयोग नगर्ने उनले बताए । प्लाष्टिकका झोलाले वातावरणलाई हानि गर्ने भएकाले प्रयोगमा  रोक लगाइएको हो ।

प्रकाशित मिति २०८१ चैत २९ गते शनिबार ०३:२४
हजुरको प्रतिक्रिया