२०८३ साउन २१ गते बिहीबार

भ्रष्ट्राचार गर्ने एमाले हुनै सक्दैनः एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल

भ्रष्ट्राचार गर्ने एमाले हुनै सक्दैनः एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत २९ गते शनिबार ०४:०६

एमाले भ्रष्टाचार र वेतिथि गर्नेलाई संरक्षण गर्ने पक्षमा नभएको उनको जिकीर छ ।

पोखरा ।

नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले भ्रष्ट्राचार गर्ने एमाले हुनै नसक्ने बताएका छन् ।

नेकपा एमाले जिल्ला कमिटी कास्कीले आयोजना गरेको बृहत जागरण सभामा वरिष्ठ उपाध्यक्ष पोखरेलले यदि कोही एमालेभित्र रहेर त्यस्तो गर्छ भने त्यो एमालेमा नरहने जिकीर गरेका हुन् । ‘भ्रष्ट्राचार गर्ने एमाले हुनै सक्दैन । यदि कोही एमालेभित्र रहेर त्यस्तो गर्छ भने त्यो एमालेमा रहँदैन । यो हाम्रो घोषणा हो ।

हामी यसमा प्रतिवद्ध छौं,’ उनले भने । एमाले भ्रष्टाचार र वेतिथि गर्नेलाई संरक्षण गर्ने पक्षमा नभएको उनको जिकीर छ । चैत १५ गते तिनकुनेमा भएको घटनामा दोषी ठहरिए पूर्वराजा ज्ञानेन्द्रलाई नागरिक जस्तै दण्डित गर्ने उनले बताए । तिनकुने घटनाको सम्पूर्ण जवाफेही पूर्व राजा ज्ञानेन्द्र हुनुपर्ने पोखरेलको जिकीर थियो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले तिनकुने घटनामा राज्यको तर्फबाट यथोचित छानविन हुने उल्लेख गरे । ‘वास्तवमा यो चिजलाई भड्काएर देशलाई फेरि द्धन्द्धमा, हिंसामा लैजाने जुन कोशिस भएको थियो । त्यसलाई हामीले बुझेका छौं । राज्यको तर्फबाट यथोचित छानविन हुन्छ,’ उनले भने, ‘र त्यो दण्डनिय छ भने एउटा नागरिकले जसरी गलत काम गरेवाफत दण्डको भागिदार हुनुपर्छ, त्यस्तै किसिमको भागीदार बनाउनेछौं ।’

प्रकाशित मिति २०८१ चैत २९ गते शनिबार ०४:०६
हजुरको प्रतिक्रिया