२०८३ साउन २१ गते बिहीबार

विश्वकै कान्छी भागवत वाचिका अनुराधा पाण्डेयकाे कथा प्रवचनमा श्रद्वालु भक्तजनकाे घुँइचाे

विश्वकै कान्छी भागवत वाचिका अनुराधा पाण्डेयकाे कथा प्रवचनमा श्रद्वालु भक्तजनकाे घुँइचाे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत ३० गते आइतबार ०४:३४

पाेखरा । पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेको आयोजक पक्षले जानकारी दिएको छ । मानव सेवा फाउण्डेशनका अनुसार अहिले...

पाेखरा ।
पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेको आयोजक पक्षले जानकारी दिएको छ ।

मानव सेवा फाउण्डेशनका अनुसार अहिले प्रचारप्रसारका विविध कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । बैशाख १७ गतेदेखि सञ्चालन हुने कोटिहोम महायज्ञको प्रचारप्रसार स्वरुप चैत्र २९ गतेबाट नै कथा प्रवचन शुरू भएको छ ।

कोटिहोम महायज्ञमा पहिलो कथा प्रवचनका लागि विश्वकै कान्छी भागवत वाचिका अनुराधा पाण्डेय भारतबाट नेपाल आएर कथा प्रवचन प्रस्तुत गरिरहेकी छिन् । कान्छी भागवत वाचिका अनुराधा पाण्डेयकाे कथा वाचनमा श्रद्वालु भक्तजनकाे घुँइचाे लागेकाे आयोजक मानव सेवा फाउण्डेसन नेपाल, कास्की शाखाले जानकारी दिएको छ ।

अहिले कोटिहोम महायज्ञको प्रचारप्रसार, सरसफाइ, हवनकुण्डलगायकाे निर्माण लगायत विविध कार्यक्रमहरु सञ्चालन भैरहेको छ ।

प्रकाशित मिति २०८१ चैत ३० गते आइतबार ०४:३४
हजुरको प्रतिक्रिया