२०८३ साउन २१ गते बिहीबार

नयाँ वर्ष २०८२ शुरु, एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदै

नयाँ वर्ष २०८२ शुरु, एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख १ गते सोमबार ०९:०२

आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ । आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मठ मन्दिरमा गई पूजा आराधना एवं दर्शन गर्ने, मीठोमीठो खाने, साथीसंगी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ

पोखरा ।

आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन, देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ ।

आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो ।

सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।

सूर्य मेष राशिमा प्रवेश गर्दा सुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष लाग्ने भएकाले वैज्ञानिक रहेको विद्वानहरुको भनाइ छ ।

सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्मा भएको छ

यस्तै आजका दिन नयाँ नयाँ योजना बनाउने र कुनै काममा सफलता पाउनका लागि संकल्प गर्ने चलनसमेत रहेको छ ।

आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ । आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मठ मन्दिरमा गई पूजा आराधना एवं दर्शन गर्ने, मीठोमीठो खाने, साथीसंगी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ ।

नयाँ वर्षको अवसरमा पोखरालगायत देशका विभिन्न ठाउँ मेला महोत्सवहरु पनि लागि रहेका छन् ।

विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन् ।

प्रकाशित मिति २०८२ वैशाख १ गते सोमबार ०९:०२
हजुरको प्रतिक्रिया