२०८३ साउन २१ गते बिहीबार

बागलुङमा ८० वर्षीय वृद्धले आफ्नै शरीरमा लगाए आगो

बागलुङमा ८० वर्षीय वृद्धले आफ्नै शरीरमा लगाए आगो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख १ गते सोमबार ०३:१०

५० मिटर टाढा रहेको चउरमा पेट्रोल खनाएर आगो लगाइसकेको अवस्थामा उनकी श्रीमती र छोराले उद्धार गरेका थिए ।

बागलुङ ।

बागलुङमा ८० वर्षीय एक वृद्धले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका छन् ।

बागलुङको ताराखोला गाउँपालिका–१ भुस्कातका हस्तबहादुर गुरुङले शनिबार आफ्नो शरीरमा पेट्रोल खनाएर आगो लगाएका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घरदेखि झन्डै ५० मिटर टाढा रहेको चउरमा पेट्रोल खनाएर आगो लगाइसकेको अवस्थामा उनकी श्रीमती र छोराले उद्धार गरेका थिए ।

हस्तका श्रीमती र छोरा थमनले उनको शरीरमा लागेको आगो निभाएर उपचारका लागि धौलागिरि प्रादेशिक अस्पताल बागलुङ पु¥याएका थिए ।

कम्मरभन्दा माथिको भाग जलेर गम्भीर घाइते अवस्थामा उनलाई अस्पताल पुर्‍याइए पनि चिकित्सकले हस्तलाई मृत घोषणा गरेका थिए ।

बागलुङका प्रहरी नायव उपरीक्षक (डीएसपी) विजय यादवका अनुसार पोष्टमार्टमपछि निजको शव छोरा थमनले बुझेका छन् ।

प्रकाशित मिति २०८२ वैशाख १ गते सोमबार ०३:१०

हजुरको प्रतिक्रिया