२०८३ साउन २१ गते बिहीबार

गण्डकी कोटिहोम महायज्ञको भूमी पुजन र यज्ञ कुण्ड खन्ने उत्तम साइत भोलि

गण्डकी कोटिहोम महायज्ञको भूमी पुजन र यज्ञ कुण्ड खन्ने उत्तम साइत भोलि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख २ गते मंगलबार ०७:०५

पोखरा पोखरा महानगरपालिका वडा नम्बर १७ मा सञ्चालित ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको भूमी पुजन आगामी भोलि गरिने भएको छ । अहिले गत चैत्र १७ गते देखि कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा श्रीमद्भागवत...

पोखरा
पोखरा महानगरपालिका वडा नम्बर १७ मा सञ्चालित ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको भूमी पुजन आगामी भोलि गरिने भएको छ । अहिले गत चैत्र १७ गते देखि कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा श्रीमद्भागवत कथा प्रवचन लगायत अन्य कोटिहोम महायज्ञको प्रचारप्रसारका कार्यक्रमहरु भइरहेको छ । नेपालको कान्छी भागवत वाचिका अनुराधा पाण्डेयले गत चैत्र २९ गतेदेखी कथा प्रवचन गरिरहेकी छन् । कथा वाचिका पाण्डेले आगामी बैशाख ५ गतेसम्म कथा प्रवचन गर्नेछिन् ।

भोलि बुधवार बिहान भूमी पूजन संगै मूल यज्ञ कुण्ड खन्ने साइत पनि रहेको आयोजक मानव सेवा फाउण्डेसन नेपालले जानकारी दिएको छ । उक्त दिन सहभागीताको लागि पनि आयोजकले सम्पूर्ण भक्तजनहरुलाई पनि आग्रह गरेको छ ।

भोलि बिहान ठीक ११ बजेर १ मिनेट जादाको उत्तम साहितमा नै भूमी पुजन गर्ने आयोजक मानव सेवा फाउण्डेसन नेपालले जानकारी दिएको छ । त्यस्तै यज्ञ कुण्ड खन्ने साइत भने ११ बजेर ११ मिनेटमा रहेको पनि आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति २०८२ वैशाख २ गते मंगलबार ०७:०५
हजुरको प्रतिक्रिया