पोखरा ।
तनहुँ भानु नगरपालिका १०, नेपालडाँडास्थित डुम्रे बेशीशहर सडकखण्डमा माइक्रो बस र स्कुटर ठोकिँदा दुई जनाको मृत्यु भएको छ ।
लमजुङतर्फ जाँदै गरेको बा२ख ४०२२ नम्बरको माइक्रो र विपरित दिशाबाट आएको ग२६प ४०५८ नम्बरको स्कुटर आइतबार दिउँसो तनहुँमा नेपालडाँडामा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ । दुर्घटनामा परी मनाङ नासौं गाउँपालिका ८ का ४० वर्षीय मन घले र स्कुटरमा सवार बेशीशहरकी ३२ वर्षीया अनिता थापा श्रेष्ठको मृत्यु भएको तनहुँ प्रहरीका सूचना अधिकारी डिएसपी अशोक थापाले जानकारी दिए । दुर्घटनामा परी १२ जना घाइते भएको डिएसपी थापाले बताए ।
घाइते हुनेमा बेशीशहरको ४१ वर्षीय दीपेन्द्र श्रेष्ठ, १४ वर्षीया पूजा गुरुङ, ओखलढुंगाका ५२ वर्षीय प्रेमबहादुर सुनार, लमजुङ दुधपोखरीकी २४ वर्षीया युनिशा गुरुङ, ६७ वर्षीयी राजकुमारी गुरुङ र ५४ वर्षीय लिलाप्रसाद बसौला छन् । यस्तै ओखलढुंगाका ३५ वर्षीय अधिष राई, सोलुखुम्बुका ३२ वर्षीय कुमार राई, गोरखाका ५१ वर्षीय धनबहादुर गुरुङ, लमजुङकी ७८ वर्षीया कुष्णकुमारी पाण्डे, ४३ वर्षीया तित्थकुमारी थापा र ३२ वर्षिया मनिका गुरुङ पनि दुर्घटनमा परी घाइते भएका छन् ।
घाइतेमध्ये ४ जनालाई थप उपचारका लागि चिनवन रिफर गरिएको, ३ जनाको लक्ष्मी अस्पताल र ५ जनाको भोटेवडार अस्पताललाई उपचार भइराखेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति २०८२ वैशाख ७ गते आइतबार ०५:३१




