२०८३ साउन २१ गते बिहीबार

गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै रविले सर्वोच्चमा दिए निवेदन

गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै रविले सर्वोच्चमा दिए निवेदन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख ७ गते आइतबार ०५:३९

त्यो निवेदनमा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन मगाउने आदेश गरिसकेको छ ।

पोखरा ।

आफूलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै रास्वपा सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवदेन दर्ता गरेका छन् ।

लामिछानेले आफूलाई प्रचलित कानुन विपरित थुनामा राखिएको र थुना संविधान विपरित भएको दाबी गरेका छन् ।

गैरकानुनी थुनामा राखेको व्यक्तिलाई रिहा गर्न बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरिन्छ । त्यसका लागि थुनामा रहेको व्यक्तिले आफू गैरकानुनी रुपमा थुनामा रहेको पुष्टि गर्नुपर्छ ।

सभापति लामिछानेले आफू गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै निवेदन दर्ता गराएका हुन् ।

यसअघि थुनामा पठाउने उच्च अदालतको आदेश बेरितको भएको भन्दै अर्को निवेदन पनि सर्वोच्च अदालतमा दर्ता गरेका थिए । त्यो निवेदनमा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन मगाउने आदेश गरिसकेको छ ।

प्रकाशित मिति २०८२ वैशाख ७ गते आइतबार ०५:३९
हजुरको प्रतिक्रिया