२०८३ साउन २१ गते बिहीबार

पोखरा–७ बुलौदीस्थित सडक छेउका भित्तामा चित्र कोर्न थालियो

पोखरा–७ बुलौदीस्थित सडक छेउका भित्तामा चित्र कोर्न थालियो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख १२ गते शुक्रबार ०७:२४

उनीहरुले दैनिक बिहान ६ बजेदेखि उक्त ठाउँमा चित्र कोर्न थाल्छन् ।

पोखरा ।

पोखरा महानगरपालिका–७ बुलौदीस्थित सडक छेउका भित्तामा चित्र कोर्न थालिएको छ ।

पोखरा महानगरपालिकासँगको समन्वयमा नेपाल कमर्शियल आर्टिष्ट संघले बुलौदीस्थित पुष्पलाल पार्कअगाडीको सडकको भित्तामा पोखराका धार्मिक तथा सांस्कृतिक स्थलअंकित चित्र कोर्न सुरु गरेको हो ।

सहरको सुन्दरता अभिवृद्धि र पोखराका धार्मिक तथा सांस्कृतिक ठाउँको चिनाउने उद्देश्यले चित्र कोर्न सुरु गरिएको नेपाल कमर्शियल आर्टिष्ट संघका केन्द्रीय सदस्य शिवबहादुर अधिकारीले जानकारी दिए ।

उनकाअनुसार उक्त ठाउँमा डेविज फल्स, सराङकोटको पञ्चमुखी, बौद्धस्तुपा, तालबाराही मन्दिर, तालबाराही मन्दिर, बिन्दवासिनी जस्ता विभिन्न धार्मिक तथा सांस्कृतिक सम्पदाका चित्र कोरिनेछ ।

चित्र कोर्नका लागि महानगरपालिकाले ६ लाख बजेट सहयोग गरेको छ । त्यसमा थप गरी १३/१४ लाख खर्च हुने उनीहरुको अनुमान छ । उनीहरुले दैनिक बिहान ६ बजेदेखि उक्त ठाउँमा चित्र कोर्न थाल्छन् ।

पोखराको सौन्दर्यताका लागि नेपाल कमर्शियल आर्टिष्ट संघको पनि भूमिका रहोस् भन्ने उद्देश्यले यो कामको थालनी गरिएको संघ कास्की समितिका अध्यक्ष रमेशकुमार राईले जानकारी दिए ।

यसले पोखरा भ्रमण वर्षलाई पनि थप टेवा पुग्ने उनको विश्वास छ । पोखराकै कलाकारमार्फत चित्र कोरिएको छ ।

प्रकाशित मिति २०८२ वैशाख १२ गते शुक्रबार ०७:२४

हजुरको प्रतिक्रिया