२०८३ साउन २१ गते बिहीबार

बैशाख १७ गतेसम्ममा नियमित पठनपाठन सुरु गर्न पोखरा महानगरको पत्राचार

बैशाख १७ गतेसम्ममा नियमित पठनपाठन सुरु गर्न पोखरा महानगरको पत्राचार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख १५ गते सोमबार ०३:१७

महासंघको आन्दोलनका कारण सामूदायिक विद्यालयहरुको पठन–पाठन प्रभावित भएको छ ।

पोखरा

पोखरा महानगरपालिकाले नयाँ शैक्षिक सत्र २०८२ को पठन–पाठन बैशाख १७ गतेसम्ममा सुरु गर्न विद्यालयलाई पत्राचार गरेको छ ।

पोखरा महानगरपालिका, नगर शिक्षा समितिको आइतबार बसेको बैठकले बैशाख १७ गतेसम्ममा पठन–पाठन नियमित रुपमा सञ्चालक गर्न पत्राचार गर्ने निर्णय गरेको हो ।

विगत केही समयदेखि नेपाल शिक्षक महासंघको आन्दोलनका कारण सामूदायिक विद्यालयहरुको पठन–पाठन प्रभावित भएको छ ।

आन्दोलनकै बीच देशका विभिन्न स्थानीय पालिकाले विद्यालय सञ्चालन गर्न विद्यालयलाई पत्राचार गर्दै आएको छ ।

शिक्षक महासंघले भने ऐन जारी नभए सम्म आन्दोलन जारी राख्ने अडान लिएको छ ।

प्रकाशित मिति २०८२ वैशाख १५ गते सोमबार ०३:१७
हजुरको प्रतिक्रिया