पोखरा ।
पोखरामा सामाजिक सुरक्षा कोष आवश्यकता कि बाध्यता विषयक संवाद हुने भएको छ ।
उक्त संवाद बिहीबार गण्डकी प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
संवादमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, सामाजिक सुरक्षा कोष गण्डकी प्रदेशका रमेश ढुंगेल, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की र जोइट टे«ड युनियनका रुन्द्रबहादुर खत्री रहनेछन् । उनीहरुलाई पत्रकार केशवशरण लामिछानेले सहजीकरण गर्नेछन् ।
कार्यक्रमको आयोजकको रुपमा गण्डकी प्रदेश, पोखरा महानगरपालिका र व्यवसायी प्रवद्र्धन केन्द रहेका छन् । समन्वयमा सामाजिक सुरक्षा कोष र गण्डकी प्रज्ञा प्रतिष्ठान छन् । उक्त कार्यक्रममा मजदुर सम्मान तथा प्रमाणपत्र वितरण कार्यक्रम राखिएको आयोजकले जनाएको छ ।
कार्यक्रमको प्रत्यक्ष प्रशारण पब्लिक फोरके टेलिभजनबाट हुनेछ ।
प्रकाशित मिति २०८२ वैशाख १७ गते बुधबार ०७:००