पोखरा ।
पर्यटकीय नगरी पोखरामा रहेको फेवा तालमा केही व्यक्तिहरु फसेका छन् ।
अकस्मात् मौसम बिग्रिएपछि केही व्यक्ति तालको बीचमा अलपत्र परेका हुन् ।
तालमा डुंगा चलाएर कायकिङ (एक्लै बसेर तालमा डुंगाबाट गरिने यात्रा) गरिरहेका केही व्यक्तिहरू अलपत्र परेका छन् ।
केहीबेरअघि तालको बीचमा पुगेर केही व्यक्तिहरू अलपत्र परेका थिए ।
उनीहरूको अहिले उद्धारको काम भइरहेको सशस्त्र प्रहरी बल कालिका गणका प्रमुख एसपी सूर्य तिमल्सिनाले जानकारी दिए ।
उनका अनुसार कति व्यक्ति अलपत्र परेका छन् भन्ने थाहा भइसकेको छैन ।
प्रकाशित मिति २०८२ वैशाख २२ गते सोमबार ०५:०४