काठमाडौं ।
बुधबार दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
कोशी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।
बुधबार राति कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोशी प्रदेश लगायत देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रकाशित मिति २०८२ वैशाख २४ गते बुधबार ०८:५७