२०८३ साउन २१ गते बिहीबार

कर्मचारी र व्यवसायीलाई हातपात गर्ने वडाध्यक्ष पक्राउ

कर्मचारी र व्यवसायीलाई हातपात गर्ने वडाध्यक्ष पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख २४ गते बुधबार ०५:३७

पोखरा कर्मचारी र व्यवसायीलाई हातपात गर्ने पोखरा महानगरपालिकाका वडाध्यष देवकृष्ण पराजुली पक्राउ परेका छन् । व्यवसायी लेखनाथ सुवेदीको जाहेरीका आधारमा वडाध्यक्ष पराजुलीलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । वडाध्यक्ष...

पोखरा

कर्मचारी र व्यवसायीलाई हातपात गर्ने पोखरा महानगरपालिकाका वडाध्यष देवकृष्ण पराजुली पक्राउ परेका छन् ।

व्यवसायी लेखनाथ सुवेदीको जाहेरीका आधारमा वडाध्यक्ष पराजुलीलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

वडाध्यक्ष पराजुलीले मंगलबार महानगरको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रशासन शाखा प्रमुख इश्वरीप्रसाद पोख्रेललाई हातपात गरेका थिए ।

यस्तै सोही दिन फुटपाथमा सामान राखेको भन्दै वडाध्यक्षले व्यवसायी सुवेदीलाई पनि हातपात गरेका थिए ।

सोही हातपातका कारण महानगरका कर्मचारीले बुधबार महानगरको सेवा ठप्प पारेका थिए । यस्तै व्यवसायी सुवेदीले भने वडाध्यक्षविरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।

प्रकाशित मिति २०८२ वैशाख २४ गते बुधबार ०५:३७
हजुरको प्रतिक्रिया