२०८३ साउन २१ गते बिहीबार

संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै

संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख २५ गते बिहीबार १०:२२

काठमाडौं । संघीय संसद अन्तर्गत बिहीबार प्रतिनिधि सभाको बैठक बस्दैछ । जसअन्तर्गत बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । दुई संसदीय समितिको बैठक बस्दै त्यसैगरी बिहीबार नै दुई...

काठमाडौं ।

संघीय संसद अन्तर्गत बिहीबार प्रतिनिधि सभाको बैठक बस्दैछ । जसअन्तर्गत बैठक बिहान ११ बजे बस्नेछ ।

बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।

दुई संसदीय समितिको बैठक बस्दै

त्यसैगरी बिहीबार नै दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरु ( गिरिजाप्रसाद कोईराला क्रिकेट रंगशाला, उत्तर दक्षिण (कोशी कोरिडोर) लोकमार्ग, रेल्वे तथा मेट्रो विकास आयोजना, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम) को स्थलगत अनुगमन प्रतिवेदनको मस्यौदा माथि छलफल सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल हुनेछ ।

प्रकाशित मिति २०८२ वैशाख २५ गते बिहीबार १०:२२
हजुरको प्रतिक्रिया