२०८३ साउन २१ गते बिहीबार

भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति नेपाल सरकार चिन्तित

भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति नेपाल सरकार चिन्तित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख २६ गते शुक्रबार ०९:१९

साथै नेपालले सबै प्रकारका आतंकवादविरुद्ध उभिने स्पष्ट पारेको छ । नेपालले आफ्नो भूमिबाट छिमेकी देशविरुद्ध हुने कुनै पनि प्रकारका अवाञ्छनीय गतिविधि हुन नदिने जनाएको छ ।

सबै प्रकारका आतंकवादविरुद्ध उभिने नेपालको स्पष्टोक्ति

काठमाडौं ।

भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति नेपाल सरकारले चिन्ता व्यक्त गरेको छ ।

दुई देशबीच द्वन्द्व चर्किइरहँदा परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दैै पहलगाममा अप्रिल २२ मा भएको आतंकवादी आक्रमणपछि बढेको तनावले नेपाल सरकार चिन्तित रहेको जनाएको हो ।

पहलगाम घटनामा १ जना नेपालीसहित २६ जनाको मृत्यु भएको थियो । त्यस घटनापछि भारत र पाकिस्तानबीच तनाव बढ्दै गएको छ ।

साथै नेपालले सबै प्रकारका आतंकवादविरुद्ध उभिने स्पष्ट पारेको छ । नेपालले आफ्नो भूमिबाट छिमेकी देशविरुद्ध हुने कुनै पनि प्रकारका अवाञ्छनीय गतिविधि हुन नदिने जनाएको छ ।

त्यस्तै दुई देशबीचको द्वन्द्व कम हुने आशा राख्दै यस क्षेत्रमा स्थिरता र शान्ति स्थापना हुने नेपालको विश्वास छ ।

प्रकाशित मिति २०८२ वैशाख २६ गते शुक्रबार ०९:१९
हजुरको प्रतिक्रिया