२०८३ साउन २१ गते बिहीबार

गोरखामा ड्याममा पौडी खेल्दा १५ वर्षीय बालकको मृत्यु

गोरखामा ड्याममा पौडी खेल्दा १५ वर्षीय बालकको मृत्यु

विराज त्रिपाठी

@Public 4K Tv

२०८२ जेठ २ गते बिहीबार ०६:२९

प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको जनाएको छ ।

गोरखा ।

गोरखामा पौडी खेल्ने क्रममा एक किशोरको ज्यान गएको छ ।

बारपाक सुलकोट गाउँपालिका–४ निवासी १५ वर्षीय सिजल गुरुङको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्र प्रसाद सुवेदीले जानकारी दिएका छन् ।

घटना गोरखा जिल्लाको अजिरकोट गाउँपालिका–५ स्थित दरौदी नदीमाथि बनेको कालिका हाइड्रोपावरको चेक ड्याममा बिहीबार दिउँसो भएको हो ।

गर्मीका कारण दिउँसो करिब साढे १२ बजे सिजल पौडी खेल्न ड्याममा हामफालेका थिए । तर, पानीमा हामफालेपछि उनी तत्कालै बेपत्ता भएका थिए ।

डुबेको केही समयपछि घटनाको जानकारी पाउने बित्तिकै प्रहरी घटनास्थलमा पुगेर खोजी कार्य सुरु गरेको थियो । प्रहरीका अनुसार अनुसन्धानका क्रममा सिजलको ज्यान डुबेर गएको पुष्टि भएको हो ।

प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको जनाएको छ ।

प्रकाशित मिति २०८२ जेठ २ गते बिहीबार ०६:२९
हजुरको प्रतिक्रिया