२०८३ साउन २१ गते बिहीबार

सगरमाथा संवाद शुरु

सगरमाथा संवाद शुरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ ३ गते शुक्रबार १०:१९

सरकारले जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने उद्देश्यले आयोजना गरेको सगरमाथा संवाद काठमाडौंमा शुरु भएको हो ।

काठमाडौं ।

सगरमाथा संवाद शुरु भएको छ ।

सरकारले जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने उद्देश्यले आयोजना गरेको सगरमाथा संवाद काठमाडौंमा शुरु भएको हो ।

आजबाट शुरु भएको सगरमाथा संवाद जेठ ४ गतेसम्म सञ्चलन हुनेछ ।

सम्मेलनमा १ सय ७५ बढी विदेशी पाहुनासहित ३ सय बढीले सहभागिता जनाएका छन् ।

उद्घाटन समारोहमा संवादसम्बन्धी तयार पारिएको एक चिनारीयुक्त श्रव्यदृश्य सामग्री प्रस्तुत गरिएको छ ।

संवादलाई सम्बोधन गरी संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पठाएको श्रव्यदृश्य सामग्री पनि प्रस्तुत गरिने छ । सबै सत्र शनिवार ४ः३० बजेसम्म सम्पन्न हुने कार्यसूची छ ।

कार्यक्रममा आएका पाहुनाहरुलाई आज परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले स्वागत गरिन् ।

 

प्रकाशित मिति २०८२ जेठ ३ गते शुक्रबार १०:१९
हजुरको प्रतिक्रिया