पोखरा ।
गण्डकी आयुर्वेद अस्पताल कास्कीमा अन्तरंग सेवा सुरु गरिएको छ ।
साविकको लेखनाथ नगरपालिका हालको पोखरा महानगरपालिका–२६ सुन्दरी बजारमा रहेको अस्पतालमा आइतबार देखी अन्तरंग सेवा सुरु गरिएको हो ।
एक कार्यक्रमका बीच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सेवाको उद्याटन गरे । अबदेखी अस्पतालले विरामी भर्ना गरेर सेवा दिने छ । अस्पतालमा सःशुल्क फार्मेसी, जडिबुटी औषधि उत्पादन इकाई, साउना सेवाको शुभारम्भ गरिएको छ । औषधालायलाई स्तारेन्नती गरी सरकारले २५ बेडेको अस्पताल बनाउने निर्णय गरेको थियो ।
उद्याटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले स्वास्थ्य सेवालाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए । प्रदेश मातहतका अस्पताललाई स्तरोन्नती गर्ने नीतिअनुसार आयुरर्वेद अस्पतालमा पनि सेवा विस्तार गरिएको उनको भनाइ थियो । विरामीको चाप र माग अनुसार अस्पतालको क्षमता बृद्धि गदै लगिने उनले जिकिर गरे ।
यस्तै गण्डकी प्रदेशका पुर्वमुख्यमन्त्री खगराज अधिकारीले आयुर्वेद नेपालको पुरानो चिकित्सा प्रणाली भएको बताउदै यहाँ पाइने जडिबुटीको पहिचान गरी औषधीको रुपमा विकास गर्नुपर्ने बताए । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठकले प्रदेश सरकारले प्रदेशभित्र रहेका अस्पतालहरुको स्तरोन्नति गरिहेको जानकारी गराए । पाठकले पोखराको गण्डकी र बागलुङको धौलागिरी आयुरर्वेद अस्पताल स्तरोन्नती गरिएको उल्लेख गरे ।
गण्डकी आयुर्वेद अस्पतालका कार्यालय प्रमुख डा. शंकर गौतमले विशेषज्ञ सेवासहित अस्पतालमा सात बेडबाट अन्तरंग सेवा सुरु भएको जानकारी दिए । गौतमले अस्पताललाई चौविसै घण्टा सञ्चालनका लागि जनशक्ति र पूर्वाधारको अभाव खडेकीको र यसलाई सम्बोधन गरिदिन सरकारसँंग माग गरे । २५ बेडको स्विकृत पाए पनि यस अस्पतालमा हाल १० बेड संख्या रहेको छ ।
प्रकाशित मिति २०८२ जेठ ५ गते आइतबार ०७:३३




