२०८३ साउन २१ गते बिहीबार

पछिल्लो चार वर्षमा नेपालमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु

पछिल्लो चार वर्षमा नेपालमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ ७ गते मंगलबार ०९:१४

बर्खायाममा कृषिमा काम गर्ने सर्वसाधारण चट्याङबाट बढी प्रभावित हुने गरेका छन् । घरगोठ र अग्ला टावर चट्याङको निशानामा पर्छन् ।
नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु भएको छ । यो अवधिमा ९०८ जना घाइते भएका छन् ।

पोखरा ।

विश्वमा चट्याङबाट हुने विपद् जोखिमका आधारमा नेपाल पाँचौँ स्थानमा पर्ने बताइएको छ ।

बर्खायाममा कृषिमा काम गर्ने सर्वसाधारण चट्याङबाट बढी प्रभावित हुने गरेका छन् । घरगोठ र अग्ला टावर चट्याङको निशानामा पर्छन् ।

नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु भएको छ । यो अवधिमा ९०८ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी सहसचिव रोशनीकुमारी श्रेष्ठले नेपालमा झापा, उदयपुर र मकवानपुर जिल्ला चट्याङको जोखिममा रहेका जानकारी दिइन् ।

उनका अनुसार २०७८ साउन १ देखि विसं २०८२ जेठ ५ गतेसम्ममा चट्याङका एक हजार ११८ वटा घटना भएका छन् । यसबाट एक हजार ६०७ परिवार प्रभावित बनेका छन् ।

चट्याङका घटना कोशी प्रदेशमा बढी हुने गरेका छन् भने मानवीय तथा भौतिक क्षति लुम्बिनी प्रदेशमा बढी भएको प्राधिकरणकी सहसचिव श्रेष्ठले बताइन् ।

नेपालमा विपद्बाट जनधनको बढी क्षति हुने दोस्रो ठूलो कारण चट्याङ रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक मदन सिग्देलले बताए ।

चैतदेखि असारसम्मको प्रि–मनसुन र मनसुन अवधिमा चट्याङका घटना बढी हुने उनको भनाइ छ ।

उनका अनुसार उक्त अवधिमा वायुमण्डल अस्थिर भएर चट्याङ बन्ने प्रक्रिया बढ्छ । हिमाल, पहाड र तराईको भौगोलिक अवस्थाका कारण नेपालमा बढी चट्याङ पर्ने गरेको उनले जानकारी दिए ।

चट्याङलाई रोक्न नसकिने तर यसबाट हुनसक्ने क्षति ८० प्रतिशतसम्म न्यूनीकरण गर्न सकिने सहप्राध्यापक सिग्देलको भनाइ छ ।

प्रकाशित मिति २०८२ जेठ ७ गते मंगलबार ०९:१४
हजुरको प्रतिक्रिया