काठमाडौं ।
सरकारले डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको छ ।
मंगलवार बसेको मन्त्रीपरिषद्को बैठकले डा. पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको हो ।
यसअघि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा रहेको गभर्नर सिफारिस समितिले तीन जनाको नाम गभर्नरका लागि मन्त्रीपरिषद्मा सिफारिस गरेको थियो ।
जसमा डा. विश्वनाथ पौडेल, का.मु गभर्नर निलम ढुंगाना, डा. पूर्वसचिव दिनेश भट्टराई थिए । जसमध्येबाट पौडेललाई नियुक्त गरिएको नेपाल सरकारका प्रवक्ता पृथ्वीससब्बा गुरुङले जानकारी दिए । उनले लामो प्रतिक्षापछि गभर्नरको विषय टुंगिएको बताए ।
प्रकाशित मिति २०८२ जेठ ७ गते मंगलबार ०७:५५