२०८३ साउन २१ गते बिहीबार

१० महिनामा झन्डै ४ हजार वटा विरोधका कार्यक्रम, ५० करोड रुपैयाँभन्दा धेरैको प्रत्यक्ष क्षति

१० महिनामा झन्डै ४ हजार वटा विरोधका कार्यक्रम, ५० करोड रुपैयाँभन्दा धेरैको प्रत्यक्ष क्षति

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ ११ गते शनिबार ०५:४५

विरोध प्रदर्शन गर्ने ६ सय ६६ जनालाई पक्राउ गरेकोमा १ सय ३६ जनालाई कानूनी कारबाहीमा ल्याएको प्रहरीले जनाएको छ ।

पोखरा ।

चालू आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्ममा नेपालमा झन्डै ४ हजार वटा विरोध कार्यक्रम भएका छन् ।

प्रहरी प्रधान कार्यालयले हिजो सार्वजनिक गरेको विवरणानुसार १० महिनामा ३ हजार ९ सय ६३ विरोध तथा प्रदर्शनका कार्यक्रम भएका हुन् । साउनपछि १२ पटक हड्ताल, १२ पटक चक्काजाम, ८ सय १६ वटा तालाबन्दी, ७ सय ८२ वटा धर्ना, १ सय ३४ वटा अनशन, १ सय १८ पटक बाटो अवरोध र २ हजार ८९ वटा विरोध ¥याली भएका केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेश थापाले जानकारी दिए ।

उनकाअनुसार १० महिनामा भएका विरोध प्रदर्शनका क्रममा देशभरि ७६ वटा गाडीमा आगजनी र ३१ वटा गाडीमा तोडफोड भएको थियो । यस्तै गाडी तोडफोड, आगजनीतर्फ ९ करोड ५१ लाख ४० हजार ३ सय ६५ रुपैयाँ र भौतिक पूर्वाधारतर्फ ४० करोड ७५ लाख ११ हजार ८ सय ८७ रुपैयाँ गरी कुल ५० करोड २६ लाख ५३ हजार २ सय ५२ रुपैयाँ अनुमानित क्षति भएको छ ।

विरोध प्रदर्शन गर्ने ६ सय ६६ जनालाई पक्राउ गरेकोमा १ सय ३६ जनालाई कानूनी कारबाहीमा ल्याएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०८२ जेठ ११ गते शनिबार ०५:४५

हजुरको प्रतिक्रिया